यूनिटेक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
१८ माघ, काठमाडाैं। यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बाेलाएकाे छ ।
माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २९ गते काठमाडाैंकाे रविभवनमा रहेको होटल क्राउन प्लाजामा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ०९:३७













