८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छः प्रचण्ड

१६ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताउनुभएकाे छ।

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएकाे हाे । निर्वाचन स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : January 30, 2026 at 4:23 pm