३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेशनल लाईफ इन्स्योरेन्सका बागमती र मधेश प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम सम्पन्न

१६ माघ, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वागमती र मधेश प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको हो ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कँडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएक बताइन् ।

यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताइन् । साथै उनले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : January 30, 2026 at 2:32 pm