१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मोलुङ्ग हाइड्रोपावरको ५३ लाख २१ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

१६ माघ, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरकाे लकइन अवधि आउँदो फागुनमा सकिंदै छ। कम्पनीकाे कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिन लागेकाे हाे ।

कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो।

सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको सेयर लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी सेयर लइकनमा रहेका छन्। कम्पनीले २०७९ फागुन १९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। लकइन अवधि सकिएपछि अब उक्त सेयर कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:५२