सुनको मूल्यमा पहिरो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?
१६ माघ, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज २० हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ ह जार ६५ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १०:५६







