१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

पाँचथर पावर कम्पनीको नाफा ९ करोड ४ लाख, विद्युत बिक्री आम्दानी कति ?

१६ माघ, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

याे अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो त्रैमाससम्ममा  कम्पनीको कर्मचारी खर्च ५२ लाख ७८ हजार ,अन्य सञ्चालन खर्च ४४ लाख ८४ हजार र वित्त खर्च ८ करोड ३ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०२.७५ रुपैयाँ र तरलता अनुपात ०.४० प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १०:०५