राष्ट्रपति पौडेल आइतबार जापान जाने
१५ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने हुनुभएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।
नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लाग्नुभएकाे हाे । कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १७:३४







