१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

१५ माघ, काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताउनुभयाे  ।

अर्यालका अनुसार आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १७:२९