राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा
१५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिद प्रकरणलाई लिएर तत्कालीन उपकुलपति प्रा.डा. संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तत्कालीन उपकुलपति भण्डारी, कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थीसहितको मिलेमतोमा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रिया अपनाई कुल ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा बराबरको भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १६:५०







