१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन नेप्से १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ९९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन हिमाल दोलाखा हाइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढेकाे छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १५:३०