१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन नेप्से १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन हिमाल दोलाखा हाइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशत, शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.१९ प्रतिशत, कालिका पावरको सेयर मूल्य ८.३२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १५:१८