३ कम्पनीको सेयरमा नकारात्मक सर्किट, कुनको मूल्य कति घट्यो ?
१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन नेप्से १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १५:१४







