१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

२० हजार ५ सयले बढ्यो सुनको मूल्य, तोलाको ३ लाख ३९ हजार नाघ्यो

१५ माघ, काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउले पनि रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिन प्रतितोला ७ हजार ३ सय रुपैयाँ पुगेको चाँदीको भाउ आज २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ११:०६