१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

गरिमा विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१५ माघ, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६० करोड ३८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा ३० करोड ८४ लाख रहेकाे छ । बैंककाे खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ९१ अर्ब २७ करोड र कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५३ गुणा र तरलता अनुपात २५.२७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:३४