१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

एनएमबि बैंकको नाफा १७.७१ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

१५ माघ, काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण नाफा घटेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

याे अवधिमा बैंककाे सञ्चालन नाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रहेको छ । यस्तै बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३४ करोड ४७ लाख ६५ हजार रहेको थियो । बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ ।

१९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ छ ।बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसा छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा छ । बैंकका खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ  ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:०४