प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित
१४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित ८ नेतालाई पार्टीबाट निष्कासन गरेको हाे ।
निष्काशित हुनेमा यादवसहित चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा.शिवजी यादव रहेका छन्।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १७:४५







