१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

ज्योति विकास बैंकका ग्राहकलाई ‘राइनो लज एण्ड होटल’ मा विशेष छुट

१४ माघ, चितवन। ज्योति विकास बैंक लिमिटेडले चितवन सौराहा स्थित ‘राइनो लज एण्ड होटल’ सँग सम्झौता गरी बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ। सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त होटेलमा २५% सम्म छुट पाउनेछन्।

सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा सुविधाका कारण ‘राइनो लज एण्ड होटल’ पर्यटकहरू माझ लोकप्रिय गन्तव्यको रूपमा स्थापित भएको छ। बैंकले यस पहलमार्फत आफ्ना ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ।

ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दीगो परिवर्तनमा उच्च प्राथमिकता दिने बताउँदै समाजको अभ्युदयमा योगदान पुर्‍याउँदै आएको छ। बैंकले स्वास्थ्य, शिक्षा र नवजात शिशुको जीवन रक्षा क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको छ। प्रतिवर्ष ७० वटा “न्यानो नानी” मार्फत २५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न बैंक सफल भएको जनाएको छ।

अर्थतन्त्रमा योगदानको हिसाबले पनि बैंकले आर्थिक वर्षमा कर तिरेको रकम रु. ४१ करोड पुगेको छ। बैंकले हाल उपत्यका र उपत्यकाबाहिर ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : 15:37