नुवाकोटको दुप्चेश्वरमा झाँक्रीको हत्या
१४ माघ, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मंगलबार एक जना झाँक्रीको हत्या भएको छ । अन्दाजी वर्ष ३३ को रणबहादुर तामाङको छिमेकीको घरमा हत्या भएको प्रहरीले जनाएको छ ।
राति ८ बजेर ४५ मिनेटको समयमा दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ घेवारचौरमा रहेको अन्दाजी ५२ वर्षका ओङदी शेर्पा र उनको २५ वर्षका छोरा कुन्साङ शेर्पाले कुटपिट गर्दा झाँक्री तामाङको मृत्यु भएको हो । हत्यामा संलग्न शेर्पाद्धय प्रहरी नियन्त्रणमा रहेका छन ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १३:०२







