१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

सुनको मूल्य हालसम्मकै म‌हंगो, तोलामा ३ लाख १८ हजार नाघ्यो

१४ माघ, काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ताेलामा ९ हजार ५ सय रुपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८००  पुगेकाे छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो । मंगलबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख ९ हजार ३०० पुगेकाे थियाे । यस्तै आज चाँदीको भाउ पनि ४३० रुपैयाँले बढ्दै प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ११:१३