प्रभु बैंकले कमायो १ अर्ब बढी नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक
१४ माघ, काठमाडाैं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २४.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंककाे नाफा घटेतापनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा बैंकले ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ४ अर्ब ८६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद सञ्चालन आम्दानी भने १०.४६ प्रतिशतले घटेर ५ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार १२.९८ प्रतिशतले बढेर १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक बनेको छ ।
बैंकको खराब कर्जा अनुपात पनि ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२७ गुणा र तरलता अनुपात ३९.३१ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ०९:४७







