१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

राधि विद्युतसहित यी कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

१३ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ को बिन्दुमा बन्द भएको छ । मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ । यस दिन २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो । आज राधि विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ५७ करोड ८५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

त्यस्तै, यस दिन एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ४३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३९ करोड तीन लाख रुपैयाँको काराेबार भएकाे छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १५:११