नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
१३ माघ, काठमाडाैं। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखिएको छ । बिक्रीमा राखिएकाे सेयरकाे मूल्य प्रतिकित्ता रु. ४०० तोकिएको छ । साे सेयरमा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।
लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सेयरधनीसहित प्रचलित कानूनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १४:१४







