१२०.२६ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
१३ माघ, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९९.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालक आम्दानी ७५.८५ प्रतिशत बढेकाे छ । याे अवधिमा बैंककाे सञ्चालन मुनाफा १२०.२६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ १६ पैसा रहेको छ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६४.१० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १४:०५







