स्वरोजगार लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
१३ माघ, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको ११ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ०९:१४







