बालेनका समर्थक गाडीबाट खस्दा ५ जना घाइते
१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा नेपालगञ्ज पुग्नुभएकाे छ । पश्चिम तराईका विभिन्न कार्यक्रम सहभागी हुन उहाँ सोमबार अपराह्न नेपालगञ्ज पुग्दा उहाँका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।
गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । गाडीबाट खसेर ५ जना घाइते भएका छन् ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १६:३६







