सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण
१२ माघ, काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले माघ १२ गते पदभार ग्रहण गर्नुभएकाे छ । सानिमा बैंकको सञ्चालक समितिको कात्तिक २४ मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएकाे थियाे ।
२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएकाे आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएकाे छ । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गर्नुभएकाे थियाे । प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उहाँ बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थाे ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ११:५८







