प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से
१२ माघ, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.६० अंकले बढेर २७७६.७७ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ८२ स्टकको २५१ पटकको कारोबारमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँबराबरको १ लाख ४८९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १०:५७







