सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार पुग्यो
१२ माघ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज अघिल्लो दिनको तुलनामा सुन ५ हजार २ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतिताेला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।अघिल्लाे दिन सुनको मूल्य प्रतिताेला ३ लाख ३ हजार ८ सय पुगेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि ताेलामा २८५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १०:५५







