११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नेपाली भजन कीर्तन समुहको अधिवेशन, अध्यक्षमा डा. पराजुली

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको पाचौ  साधारण सभा तथा तेस्रो अधिवशन एडिलेडमा सम्पन्न भएको छ ।

अधिवेशनले आगामी दुई बर्षका लागी डा. दया पराजुलीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष शिव काफ्ले, सचिव शिव रिमाल, सह सचिव कविता पराजुली , कोषाध्यक्ष सिमा कडेल, सदस्यहरु क्षितिज सापकोटा, यदु आचार्य, हरि रेग्मी, इन्दु भट्टराई, जीवन प्रसाद भट्टराई, धीरज जंग खड्का, विकाश शर्मा पोखरेल, शिवानी कार्की, सुनिता अमगाई, संभव शास्त्री सुवेदी रहेका छन् । 

अधिवेशनको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका वाणिज्यदुत दिपक धमलाले नेपाली धर्म, संस्कृति र परम्पराको साउथ अष्ट्रेलियामा पनि रक्षा र सम्वर्धन गर्दै आएको समुहलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले बहुसास्कृतिक देश अष्ट्रेलियामा नेपाली धर्म र संस्कृतिलाई यहाको समाजमा चिनाउन समुहले खेलेको भुमिकाको प्रसंशा गर्नु भएको थियो । एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङले एनआरएनएले भजन समुह संग हातेमालो गर्दै आएको बताउदै आगामी दिनमा समेत नेपाली संस्कार संस्कृतिको जगेर्ना गर्न संगै अगाडी  बढ्ने बताउनु भयो । कार्यक्रममा फेन्का अष्ट्रेलिया सह प्रवक्ता तथा एडिलेड नेपाली समाजका पव्लिक अफिसर सुरेन्द्र रेग्मी, एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष तथा समुहका संस्थापक अध्यक्ष गणेश पराजुली, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोइराला, पत्रकार विकाश पौडेलले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । अध्यक्ष खगेन्द्र सापकोटाको अध्यक्षता र सचिव शिव काफ्लेको संचालनमा भएको उद्घाटन कार्यक्रममा डा. दया पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । 

उद्घाटन सत्र पछि आयोजित बन्द सत्र संचालनका लागि नविन कडेल, पुष्कर कोईराला, युवराज पहाडी रहेको अध्यक्ष मण्डल निर्माण गरिएको थियो ।

प्रकाशित मिति : January 26, 2026 at 8:15 am