रुकुम पूर्व र पश्चिममा एमालेले प्रलोपालाई सघाउने, यस्तो छ ३ बुँदे सहमति
११ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको हाे । सहमतिअनुसार रूकुम पश्चिममा जनार्दन शर्मा र रूकुम पूर्वमा सन्दीप पुनलाई एमालेले सहयोग गर्नेछ।
त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १६:२८






