८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

९ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

११ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन २४० कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने १९ कम्पनीकाे मूल्य घटेकाे छ । एक कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।

आज ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज ९ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन एसवाइप्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केवलकार, हिम स्टार उर्जा कम्पनी, मालिबुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे  ।

प्रकाशित मिति : January 25, 2026 at 3:13 pm