नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुन: श्याममणि आचार्य
११ माघ, काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य पुन: चयन हुनुभएकाे छ । शनिवार काठमाडौंमा सम्पन्न भएको संघको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशन अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी चयन हुनुभएकाे छ ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदीप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहनुभएकाे छ ।
प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:५७






