११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

सुनको मूल्य तोलामा ३ लाख ३ हजार नाघ्यो

११ माघ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज  सुनकाे मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख १ हजार ४ सय कायम थियो ।आज चाँदीको भाउ तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४८०  रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १०:५१