देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
९ माघ, काठमाडौँ । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकाे र साे मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयाे ।
साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १६:०५






