९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

अध्यक्ष ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति

९ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ । भट्टराईले टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे हाे ।

भट्टराईले भन्नुभएकाे छ, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इफ, नो बट म विचलित र निरास छैन। यत्ति भन्छु– अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु। कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १५:३२