११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने रोज बहादुर पक्राउ

९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भएका ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे । रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १३:२५