३८ लाख कित्ता आईपीओ निष्कासन गर्दै स्वर्णिम होटल
८ माघ, काठमाडाैं । स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा कुल ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १७:४९






