८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

८ माघ, काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १६:४४