१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मेरो माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त

८ माघ, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे पुनः नियुक्त हुनुभएकाे छ। पाँडेले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएकाे छ ।

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सपथ लिनुभएकाे हाे। यसअघि पनि संस्थाको स्थापक समूह (ग्लोबल आइएमई बैंक लिमिटेड) को तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका पाँडे पुनः अध्यक्षमा नियुक्त हुनुभएकाे हाे ।

सञ्चालक समितिको गत पुस ३० गते बसेको १८२ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो। पाँडे हाल ग्लोबल आइएमई बैंक लिमिटेडमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

सपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : January 22, 2026 at 2:00 pm