केपी ओलीका झापाका विश्वासपात्र डा रामबाबु गिरीले पनि छाडे एमाले
८ माघ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने झापाका डा रामबाबु गिरीले एमाले पार्टी परित्याग गर्नुभएको छ । दुर्गा प्रसाइले सञ्चालन गर्ने बिएण्डसी अस्पतालको अध्यक्ष समेत रहनुभएको गिरीले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहलाई सघाउने घोषणा गर्नुभएको हो । गिरी झापामा राम्रो पकट भएको नेता हुनुहुन्छ ।

एमालेबाट राजीनामा दिएको पुष्टि गर्दै गिरीले परिवर्तनको पक्षमा उभिएको बताउनुभएको छ । अहिले देशको यो दुर्दशाको मुख्य कारक ओली नै भएको भन्दै उहाँले देशको नेतृत्व अब युवा पुस्ताले गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १४:३२






