प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से
८ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से १.०५ अंकले बढेर २७०६.४३ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५७ स्टकको ८६ पटकको कारोबारमा १० करोड २५ लाख १३८ रुपैयाँ ७० पैसाबराबरको १ लाख ११ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : January 22, 2026 at 10:59 am









