८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

गणपति लघुवित्तले बनायाे सेयरधनीको हात खाली, लाभांश नदिने

८ माघ, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीकाे माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ । कम्पनीले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेकाे थिएन ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १०:४५