२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा

८ माघ, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्ने सेयरको कित्ता भने खुलाएको छेन । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि पुस १ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी विद्यमान संस्थापकका लागि सो सेयर बिक्रीमा राखेको थियो ।  तर सो समयमा  विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ०९:२८