७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

९.४३ अकंले घट्यो नेप्से, कारोबार रकम पनि गिरावट

७ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.४३ अकंले घटेर २७०५.३८ बिन्दुमा कायम भएको छ । बुधबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार आखु खोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४३ करोड ३६ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । यस दिन कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.८९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १५:२३