७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

७ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.४३ अकंले घटेर २७०५.३८ बिन्दुमा कायम भएको छ । बुधबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार आखु खोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४३ करोड ३६ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ३५ करोड पाँच लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १५:१९