उन्नती सहकार्य लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
७ माघ, काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनी निराश बनाएकाे छ। कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनी निराश बनाएकाे हाे । माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाइ लाभांश वितरण नगर्ने निर्णय गर्दै गत असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधराणसभामा पेश गरिने पनि उक्त बैठकले निर्णय गरेको छ।
प्रकाशित मिति : January 21, 2026 at 10:26 am









