कांग्रेसद्वारा प्रदेश ५ काे प्रदेशसभा बैठक अवरुद्ध
२२ माघ, बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५ काे प्रदेशसभा बैठक अवरूद्ध गरेको छ । मंगलबारकाे बैठक प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेकाे भन्दै बैठक अवरूद्ध गरेको हो ।

३ महिना अगाडि बनाएकाे समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन नगरेकाे भन्दै कांग्रेसले बैठक अवरूद्ध गरेको हाे । यस अगाडि माघ १८ गते बसेको बैठक पनि गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने हत्यारालाई पक्राउ गर्न माग गर्दै कांग्रेसले बैठक अवरूद्ध गरेको थियो ।
संसदको अर्को बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार १६:१४












