सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त
६ माघ, काठमाडौं। सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गणेश कुमार केसी नियुक्त हुनभएकाे छ । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त पदमा नियुक्त गरेकाे हाे ।
माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि केसीलाई नियुक्त गरिएकाे बैंकले जनाएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:०८










