सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
६ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । आज सुन तोलामा २७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार हुँदैछ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:०४









