कांग्रेसबाट ओखलढुंगामा कुमार लुइँटेल, देउवाको कोटा घट्दा रामहरिको टिकट गुम्यो
६ माघ, काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको कोटा घटेका कारण यसअघि चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएको रामहरि खतिवडाले टिकट पाउनु भएन ।
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले टिकट वितरण गरिरहनुभएको छ । उहाँले अधिकाशं स्थानमा नयाँलालाई अवसर दिनुभएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:४२









